२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियमा फिल्म ‘चित्रा’को रेड कार्पेट प्रिमियर, स्थानिय मेयर तथा कलाकार सहभागी हुने



अ+ अ-

काठमाडौ‌।  बाबुछोरीको पारिवारिक कथा बोकेको ‘चित्रा’ फिल्मको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ।

निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्मको फरवरी ९ तारिखका दिनमा अष्ट्रेलियाको तासमानिया राज्यको भिलेज सिनेमाज् इस्टल्यान्डस, रोसनी पार्कमा प्रमियर हुनेछ।
निर्माताबाट अभिनेतामा डेब्यू गरेका सन्तोष अधिकारीले सो प्रिमियरमा सो शहरका मेयरसहित केही कलाकारहरु समेत सहभागी हुने जानकारी दिएका छन्।

फिल्मबाट मिलेको प्रतिक्रियाबाट हौसिएका अधिकारीले आफ्नो कर्मभूमि अष्ट्रेलियाका फिल्ममेकरले जन्मभूमि नेपाललाई आफ्नो छायाँकन गन्तव्यका रुपमासमेत चिनुन भन्ने उदेश्यले सिनेमाको प्रिमियर गर्न लागिएको जानकारी दिए। उनले पर्यटनलाई पनि केही टेवा मिल्न सक्ने बताए।
उनले यसलाई आफ्नो देशका लागि गरेको व्यक्तिगत प्रयास भनेका छन्।

सो प्रिमियरको टिकटदर ३० अष्ट्रेलियन डलर तोकिएको छ । नेपालको झल्को दिने प्रिमियरस्थल तास्मानियामा भूटानी नेपालीसहितका नेपालीहरुको उल्लेखनीय बसोबास रहेको छ।

घनश्याम लामिछाने निर्देशित फिल्म पौस २७ गते शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको थियो। पौषको २२ गते गरिएको प्रिमियरमा फिल्मले  प्रशंसा बटुलन सफल भएको थियो ।

यो फिल्ममा डेब्यू अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ । महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ ।

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । यस्तै, फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् ।  फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ।




भर्खरै