२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले खेल्ने टी–२० विश्वकप क्रिकेटको अनलाइन टिकट बिक्री खुला



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्टइन्डिजमा हुन लागेको आइसीसी टी २० विश्वकप क्रिकेटको अनलाइन टिकट बिक्री खुला गरिएको छ ।

आईसीसीका अनुसार टिकट ७ फेब्रुअरीसम्म जारी रहने छ । टी २० विश्वकप क्रिकेट जुन १ देखि २९ तारिखसम्म आयोजना हुँदैछ ।

आइसीसीले अनलाइन टिकट खरिद गर्दा एउटा आइडीबाट बढीमा ६ वटामात्रै किन्न पाइने नियम बनाएको छ । यसैगरी प्रत्येक खेलको टिकट मूल्य पनि फरक फरक रहेको छ । विश्वकपको सबैभन्दा सस्तो टिकट ६ डलरको र महँगो २५ डलरको रहेको छ ।

कसरी किन्न सकिन्छ टिकट ?
टिकटहरूको लागि, पहिले टी २० विश्वकपको आधिकारिक वेबसाइटमा गएर रजिस्टर्ड हुनुपर्छ । त्यसपछि प्रक्रिया सफल भएमा आवेदकले इ–मेल प्राप्त गर्नेछन् । यस मार्फत उनीहरूलाई कुन खेलको टिकट सुरक्षित गरेका छन् भन्नेबारे जानकारी दिइनेछ । त्यसपछि एउटा लिङ्क उपलब्ध हुनेछ जसमार्फत भुक्तानी गर्नुपर्नेछ । यदि तोकिएको समयभित्र भुक्तान नगरेमा टिकटहरू खुला बिक्रीको लागि पूलमा फिर्ता गरिनेछ ।

विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दैछन् । लिगचरणदेखि फाइनलसम्म ५५ वटा खेल हुने छन् । आइसीसीले निकालेको खेल तालिका अनुसार नेपाल समूह डीमा रहेको छ । यो समूहमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।

हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् । ४ समूहका शीर्ष २–२ टिम गरी कुल ८ टिम सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि २ समूहमा प्रतिस्पर्धा हुनेछन् । सुपर–२ को २ समूहका शीर्ष २–२ टिम सेमिफाइनलमा पुग्नेछन् ।

नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्डस्, दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षीण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ ।




भर्खरै