२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाको फराकिलो जित, फुलहम र बर्नलेले अंक बाँडे



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा भिल्लाले शेफिल्ड युनाईटेडलाई उसकै घरेलु मैदानमा ५–० गोलले हराएको हो ।

भिल्लाले खेलको पहिलो हाफमै चार गोल गरेको थियो । उसका लागि जोन म्याकगीन (१२), ओली वाट्कीन्स (१६), लिओन बेली (२०), योरी टिलेमान्स (३०) र एलेक्स मोरेनोले ४७ औं मिनेटमा गोल गरे ।

जितसँगै एस्टन भिल्ला २३ खेलबाट ४६ अंकका साथ तालिकाको चौंथो स्थानमा उक्लिएको छ । शेफिल्ड १० अंकका साथ पुछारमा छ ।

यस्तै, हिजो राति नै भएको अर्को खेलमा बर्नले र फुलहमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बर्नलेका लागि दुबै गोल डेभिड फोफानाले गरे । उनले दुई गोलले पछि परेको अवस्थामा दुई गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

खेलको २१ औं मिनेटमा जोआओ पालिन्हाले र २१ औं मिनेटमा रोड्रीगो मुनिजले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । तर, फोफानाले ७१ औं र ९०+१ औं मिनेटमा गोल गर्दै घरेलु टोली बर्नलेलाई २–२ गोलको बराबरी गरे ।

फुलहम २६ अंकका साथ १२ औं स्थानमा रहँदा बर्नले १३ अंकका साथ १९ औं स्थानमा छ ।