२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा नामिबियालाई १३३ रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौँ । खराब ब्याटिङ गरेको नेपालले आइसिसी विश्वकप लिग–२ मा नामिबियालाई जितको लागि १३३ रनको सामान्य लक्ष्य दिएको छ ।

टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ को निम्तो पाएको नेपाल ४१.१ ओभरमा अलआउट हुँदै जम्मा १३२ रन बनायो ।

नेपालको लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । उनले ८६ बलमा दुई चौका र १ छक्का हिर्काए । त्यस्तै, गुलसन झाले ३१ बलमा ३ चौकासहित २१ रन बनाए । करण केसीले ३८ बलमा १६ रन बनाउदा कुशल मल्लले १५ र पवन शर्राफले १२ रन बनाए ।

नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो । कुशल भुर्तेल पहिलो बलमा नै आउट भए । तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर आउट भए । यसपछि चौथो ओभरमा आसिफ शेख ४ रन र १० औँ ओभरमा कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए ।

नामिबियाका लागि जेरहार्ड इरासमसले ५ तथा रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रसेलले २–२ विकेट लिए ।

 

 




भर्खरै