२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच सय ४२ किलो गाँजासहित दुई जना पक्राउ



अ+ अ-

चितवन । जिल्ला प्रहरी कार्यालयले पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले दुई वटा ट्रक र ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो ।

भण्डारास्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको नेतृत्वको टोलीले आज बिहान ८ बजे राप्ती नगरपालिका–३ झुरझुरेबाट उनीहरुलाई गाँजा लोड गर्दैगर्दा पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटे गाउपालिका–३ का ३२ वर्षीय रमेशनाथ दाहाल र कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ का २५ वर्षीय खुसीराम थारु रहेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको कन्टेनर (डिब्बा ट्रक) नियन्त्रणमा लिइएको हो । धादिङको मलेखुबाट ना ३ ख ६१२२ नं को ट्रकमा खाली पानीको बोतलभित्र लुकाइछिपाइ ल्याएर कन्टेनर लोड गर्ने क्रममा ३९ पोका गाँजा बरामत गरिएको थियो ।

पक्राउ परेका थारु सोही ट्रकका सहचालक र दाहाल कन्टेनरका चालक रहेको उहाँले जानकारी दिनुभयो । ट्रकका चालक भने फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । रासस