२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २९ हजार नाघ्यो



अ+ अ-

एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणका कारण प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २९ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।

मन्त्रालयकाअनुसार इजरायली सेनाले पछिल्लो २४ घण्टामा १०७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने थप १४५ जना घाइते भएका छन् । यो पछिल्लो अपडेटले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि २९ हजार ९२ जनाको मृत्यु र ६९ हजार २८ घाइते भएको जनाएको छ ।

भारी बमबारी र सिभिल डिफेन्स र एम्बुलेन्स टोलीको अभावमा केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामा हमासको आक्रमणको बिरुद्धमा बदला लिन गाजा पट्टीमा हमास बिरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको छ ।