२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरपालिका–१ द्वारा ६८ वर्ष माथिका नागरिकलाई निमोनिया खोप



symbolic picture of vaccine
अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिका १ नंं. वडा ६८ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई निमोनिया विरुद्धको खोप लगाउने नेपाल कै पहिलो वडा भएको छ । वडा अध्यक्ष निर्मल तण्डुकारका अनुसार वडास्तरीय विनियोजित बजेटबाटै खोप खरिद गरि वितरण गरिएको जनाउनु भएको छ ।

ललितपुर महानगरपालिका १ वडाको योजना क्षेत्रमा कार्यसम्पादन गर्दै आउनु भएका अधिकृत सन्तोष पौडेलले ललितपुर महानगरपालिका नगर कार्यपालिकाको सहयोगमा विगतका वर्षहरुमा पनि खोप कार्यक्रम सुचारु भईरहेको थियो ।

केहि वडावासीहरुले आफ्नै व्यक्तिगत स्रोतबाट लगाउनु भएको छ र बाँकी आमाबुबालाई वडाबाट खोप व्यवस्थापन गरिएको हो ।उहाले हालसम्म ललितपुर महानगरपालिका १ वडामा ३०० भन्दा बढि जेष्ठ नागरिकहरुले खोप लगाएको तथ्यांक वडा कार्यालयमा रहेको बताउनु भयो ।

यसका साथै ललितपुर महानगरपालिका १ वडा नेपालकै पहिलो डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण गर्ने वडा भएको र केहि दिनपछि नेपालकै पहिलो हरेक घरधुरीमा कम्पोष्टविन पुगेको वडाको रुपमा घोषणा गर्ने तयारी रहेको वडा कार्यालयले जानकारी दिएको छ ।