२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षामा कटौती गर्ने निर्णय पुनर्विचार गर्न पूर्वराजाका स्वकीय सचिवको सरकारलाई पत्र



अ+ अ-

काठमाडौँ । सरकारले भीआईपीको सुरक्षा कटौती  निर्णय  गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाहका  स्वकीय सचिव सागरप्रसाद तिमिल्सिनाले निर्णयमा  पुनर्विचार गर्न आग्रह गर्नु भएको छ । गृह मन्त्रालयलाई एक पत्र लेख्दै तिमिल्सिनाले नयाँ कार्यविधिबारे पुनर्विचार गर्न आग्रह गर्नु भएको हो ।

हाल पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि ९९ जना सुरक्षाकर्मी  खटिँदै आएका छन् । जसअनुसार पूर्वराजा तथा पूर्वरानीका लागि २५, पूर्व युवराज्ञीका लागि १५, पूर्व मुमा बडामहारानीका लागि ९, सवारी चालक १० र नागार्जुन सुरक्षा बेसका लागि ४० जना सुरक्षाकर्मी खटिएका छन्।

नयाँ कार्यविधिले तोकेको मापदण्ड अनुसार पूर्व राजपरिवारका लागि १६ जना सुरक्षाकर्मी दिइने उल्लेख छ।