२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अजय देवगनका कारण अझै कुमारी छिन् ‘क्रू’ अभिनेत्री तब्बु !



अ+ अ-

एजेन्सी । चलचित्र ‘क्रू’ २९ मार्चमा हलमा रिलिज भएको थियो । यस फिल्ममा करिना कपुर, तब्बु र कृति सेनन एयर होस्टेसको भूमिकामा छन् । पुरै फिल्म यी तीनको वरिपरि घुमेको छ ।

फिल्मले पहिलो दिन विश्वभर बक्स अफिसमा करिब २० करोडको कलेक्सन गरेको छ । योसँगै अभिनेत्री तब्बुको कामको पनि निकै तारिफ भइरहेको छ । तब्बु करिना र कृति दुवैभन्दा जेठी छिन् तर पनि उनी अविवाहित छिन् । यसबारे अभिनेत्रीले धेरै वर्षअघि केही भनेकी थिइन् ।

केही वर्षअघि तब्बु अजय देवगनसँग ‘द कपिल शर्मा शो’ मा आएकी थिइन् । त्यही क्रममा कपिलले उनीसँग बिहे नगर्नुको कारण सोध्दा अभिनेत्रीले यसको पछाडिको रोचक कथा सुनाइन् । यो कथा अजय देवगनसँग सम्बन्धित छ किनभने तब्बु र अजय कलेजका साथी हुन् । उनीहरुले सँगै धेरै फिल्म पनि गरेका छन् जुन सफल पनि भएका छन् ।

जब कपिल शर्माले तब्बुलाई सोधे, ‘तपाई यति सुन्दर र प्रतिभाशाली हुनुहुन्छ, तब तपाईको जीवनमा अहिलेसम्म किन कोही आएन ? किन बिहे नगरेको ?’ यो कुरामा तब्बुले अजय देवगनतर्फ औंल्याएर भनिन्, ‘उसलाई सोध…’ अभिनेत्रीले थप भनिन्, ‘जब कुनै केटा मलाई कलेजमा प्रपोज गर्न आउँथ्यो, अजयले उसलाई तिम्रो लायकको छैन भनी भगाउँथे । त्यसपछि समय बित्दै जाँदा बिहे गर्ने सोचको अन्त्य भयो ।’ अभिनेत्रीले हाँस्दै यसो भनिन् ।

मिडिया रिपोर्टका अनुसार अजय र तब्बुले एकअर्कालाई कहिल्यै डेट गरेनन् किनभने उनीहरू असल साथी बन्न पाउँदा खुसी थिए । धेरै रिपोर्टमा तब्बु कुनै समय साउथ अभिनेता नागार्जुनसँग प्रेममा थिइन् भन्ने पनि बताइन्छ । तर, अभिनेत्रीले यसबारे खुलेर बोलेकी छैनन् ।

तब्बुले सन् १९८२ मा चलचित्र बजारबाट बाल कलाकारको रुपमा बलिउडमा डेब्यु गरेकी थिइन् । यसपछि उनी तेलुगु फिल्म कुली नम्बर १ (१९९१) मा देखा परिन् । त्यसपछि तब्बुले धेरै वर्ष तमिल, तेलुगु र कन्नड फिल्ममा काम गरिन् ।

सन् १९९५ मा तब्बु अभिनेत्रीको रुपमा प्रवेश गरिन् । त्यसपछि उनले ‘बीवी नम्बर १’, ‘हम साथ साथ हैं’, ‘साजन चले ससुराल’, ‘जीत’, ‘विरासत’, ‘हकीकत’, हैदर, ‘चाची ४२०’, ‘अन्धाधुन’, ‘विजयपथ’ गरिन् । ’ साथै उनले ‘गोलमाल अगेन’, ‘दे दे प्यार दे’ जस्ता फिल्म पनि गरिसकेकी छिन् ।

 




भर्खरै