२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीमा जीप दुर्घटनाः १२ जना घाइते



अ+ अ-

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन् ।

पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुबाहक जीप सल्लाघारी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदै रहेकाले घाइतेको अवस्था एकिन हुन सकेको छैन । घटनास्थल पोखराबाट २९ किमी टाढा पर्दछ ।

घटनास्थलमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस




भर्खरै