२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा वर्षाका कारण दश जनाको मृत्यु



अ+ अ-

खैबर पख्तुनख्वा । पाकिस्तानमा लगातार दुई दिनसम्म परेको वर्षका कारण खैबर पख्तुनख्वा प्रान्तमा दश जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।

पिडिएमएका प्रवक्ता अनवर शहजादले हताहतको पुष्टि गर्दै मृत्यु हुनेमा आठ जना बालबालिका तथा दुईजना महिला रहेको जनाउनु भएको छ । यसैगरी घाइते हुनेहरु मध्ये नौ बालबालिका, दुई महिला र एक पुरुष रहेको उहाँले उल्लेख गर्नु भएको छ ।

प्राप्त रिपोर्ट अनुसार वर्षा र असिनाका कारण भएका दुर्घटनामा २७ वटा घर क्षतिग्रस्त भएको प्रवक्तालाई उद्धृत गर्दै द नेशन अखबारले जनाएको छ । द नेशनका अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको छ ।

पिडिएमएले जारी गरेको रिपोर्टमा सांगला, बन्नु, बाजौर, पेशावर, नौशेरा र मानसेहरामा विभिन्न संरचना तथा घरहरु क्षतिग्रस्त भएका छन् ।

द नेशनका अनुसार, यस घटनामा तीनवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यसैगरी मोहमण्ड, मर्दान, उत्तरी बजिरिस्तान लगायतका क्षेत्रमा २४ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सञ्चार माध्यामसँग कुरा गर्दै हरबन तहसिलका अध्यक्ष असदुल्ला कुरैसीले वर्षाका कारण आएको बाढीले निम्त्याएको दुर्घटनामा १९ वटा पशु चौपाया मर्नुका साथै १५ वटा गोठ बगाएको बताउनु भयो ।

असिना र भारी वर्षाले विभिन्न क्षेत्रहरूलाई असर गर्नुका साथै माथिल्लो कोहिस्तानको हरबन इलाकामा गाईवस्तु बाढीको सिकार भएका छन् भने धेरै घरहरूमा क्षति पुर्याएको छ ।




भर्खरै