२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिन्छन् कि राजीनामा ?



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेतृत्व गर्दै आएको कर्णाली प्रदेश अब एमालेलाई छाडिदिनुपर्ने भएपछि अन्योल देखिएको छ । माओवादी केन्द्रको प्रदेश तहमा त एमाले र माओवादी केन्द्रको शीर्ष नेतृत्वबीच भएको सहमतिप्रति असन्तुष्टि नै देखिएको छ ।

मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि प्रदेशसभा सचिवालयमा पत्रसमेत दर्ता गराइसकेका छन् । तर अब शीर्ष नेताबीच कर्णालीको मुख्यमन्त्री एमालेले लिने सहमति भएपछि उनी अन्योलमा परेका छन् । जबकी माओवादीभित्र कर्णालीको मुख्यमन्त्री आफैंले लिनुपर्ने आवाज उठ्दै आएको छ । विशेष गरी माओवादी केन्द्रका उपमहासचिव जनादर्शन शर्माले कर्णाली प्रदेश छाड्न नहुने तर्क गर्दै आएका छन् ।

कर्णाली सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरुले केन्द्रबाट गलत निर्णय भएको दाबी गरेका छन् । उनीहरुले मुख्यमन्त्रीले कार्यसूचीअनुसार विश्वासको मत लिएरै छाड्ने बताएका छन् ।

संघमा भएको सहमति अनुसार अघि बढ्ने हो भने पनि विश्वासको मत पाएपछि मात्र प्रक्रिया अघि बढाउन सकिने माओावदी केन्द्रका नेताहरुको भनाइ छ । संवैधानिक प्रक्रिया अवलम्बन गरेर अघि बढिसकेपछि केन्द्रले निर्णय गर्दा प्रदेशको स्वायत्तता हरण हुने कतिपयको बुझाइ छ ।

मुख्यमन्त्रीले आज बिहान आफ्नो दलका नेताहरुको बैठक बोलाएका छन् । बैठकले गरेको निर्णयअनुसार अघि बढ्ने तयारी मुख्यमन्त्रीको छ । एमालेले भने अब गठबन्धनमा भएको सहमतिअनुसार अघि बढ्नु्पर्ने बताएको छ ।

केन्द्रीय गठबन्धन अनुसार एमालेको नेतृत्वमा सरकार बनेको खण्डमा मुख्यमन्त्री यामलाल कँडेल बन्नेछन् । २०७४ मै मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेश झरेका कँडेल त्यो बेला एमालेसँग २० सिट हुँदा पनि मुख्यमन्त्री बन्ने अवसरबाट चुकेका थिए । तत्कालीन नेकपा हुँदा बिचमा मुख्यमन्त्री बन्न उनले पटक–पटक विद्रोह पनि गरे । तर, बन्न सकेका थिएनन् ।