२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डकाे निर्देशनविपरित मुख्यमन्त्रीले आज विश्वासको मत लिने



अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनलाई कणाली प्रदेश सरकारको नेतृत्व परिवर्तन जटिल मोडमा पुगेको छ । केन्द्रका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिन मानेका छैनन् । बरु उनले विश्वासको मत लिने अडान कायम राखेका छन् । शर्मालाई नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले साथ दिएका छन् ।

सत्ता गठबन्धनमा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेले लिने सहमति भएको थियो । त्यही अनुसार मुख्यमन्त्री शर्मालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गरेका थिए । तर मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रक्रियामा गइसकेको जवाफ दिएका छन् ।

मुख्यमन्त्री शर्माले चुनौती दिएपछि प्रधानमन्त्री दाहालले मध्यस्थताका लागि नेता महेन्द्रबहादुर शाहीलाई पठाएका छन् । तर हिजो दिनभरको छलफलमा सहमति जुटेको छैन ।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार नै प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा सचिवालयमा पत्र पठाइसकेका थिए । छलफलकै क्रममा समय घर्किएपछि आज विश्वासको मत लिने भनेर प्रदेश सभा सचिवालयलाई अर्को पत्र पठाएका छन् ।

कांग्रेसले फागुन २२ गते समर्थन फिर्ता लिएकाले संवैधानिक प्रावधानअनुसार शर्माले आजसम्म विश्वासको मत लिइसक्नुपर्छ ।

मुख्यमन्त्री शर्माले केन्द्रको निर्णयविरुद्धमा गएर अडान लिनुमा माओवादीमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको बढ्दो तिक्तताले पनि काम गरेको नेताहरुको दाबी छ । कर्णालीका मुख्यमन्त्री पनि शर्माकै भाइ हुन् । हालै सम्पन्न माओवादीको राष्ट्रिय सम्मेलनमा शर्माले पार्टीका सबै पदाधिकारी निर्वाचित भएर आउनुपर्ने मत राखेका थिए । त्यसयता भएका कार्यविभाजनमा पनि उनले दाहालसँग मत बझाएका छन् । आफूले मत बझाएकै कारण आफू निकट नेताहरुलाई जिम्मेवारी नदिएको शर्माको दाबी छ ।

४० सदस्यीय कर्णाली प्रदेशभामा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसद १/१ जना छन् ।