२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा १७ खेलमै ३०० बढी छक्का प्रहार



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको रोमाञ्चक खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । बिहीबार अहमदाबादमा टाइटन्सले टस जितेर पहिले ब्याटिङ गरेको २० ओभरमा १९९ रन बनाएको थियो । पञ्जाबले १९.५ ओभरमा (एक बल बाँकी छँदा) ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

यस खेलमा थुप्रै कीर्तिमानहरु बने । आईपीएलको १७ औं संस्करणमा ३ सय छक्का पूरा भएको छ । गुजरात टाइटन्स र पञ्जाब किंग्सबीचको १७औं खेलमा सिजनको ३०० औं छक्का प्रहार भएको थियो, जुन प्रतियोगिताको १७ संस्करणमा सबैभन्दा छिटो छ ।

यस पटक ३ हजार ७ सय ७३ बलमै ३ सय छक्का प्रहार गरिएको छ । २०१८ को सिजनमा ४५७८ बलपछि मात्रै ३ सय छक्का प्रहार भएको थियो ।

पञ्जाब किंग्सका कप्तान शिखर धवन गुजरातविरुद्धको दोस्रो ओभरमा बोल्ड भएका थिए । उनले २ बलमा एक रन बनाए । शिखरको नाममा नचाहेको रेकर्ड बन्यो । आईपीएलमा ४० औं पटक बोल्ड हुने उनी खेलाडी बने । प्रतियोगिताको इतिहासमा उनीभन्दा बढी कोही बोल्ड भएका छैनन् । विराट कोहली ३८ पटक बोल्ड भएर दोस्रो स्थानमा छन् ।

बिहीबार पञ्जाबविरुद्ध गुजरातका साई सुदर्शनले १९ बलमा ३३ रन बनाए । यससँगै प्रतियोगितामा उनको ६६७ रन पूरा भयो, अहिलेसम्म उनले आईपीएलमा १७ पारी मात्र खेलेका छन् । १७ इनिङ्सपछि उनी प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने खेलाडीको पहिलो स्थानमा पुगेका छन् । उनले ६११ रन बनाएका रुतुराज गायकवाडलाई पछाडि छोडे । गायकवाडले १७ पारीमा ६११ रन बनाएका थिए ।

पञ्जाब किंग्सले गुजरातलाई १९ दशमलव ५ ओभरमा २ सय रनको लक्ष्य पुरा गरेको थियो । योसँगै टोलीले प्रतियोगिताको इतिहासमा छैटौं पटक २०० वा सोभन्दा बढी रनको लक्ष्य हासिल गरेको छ । पञ्जाबले मुम्बईलाई पछाडि छोड्यो, जसले २०० प्लस रनको लक्ष्य ५ पटक सफलतापूर्वक पछ्याएको थियो ।