२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई आवश्यक सामान किन्न बाध्य बनाइए कारबाही हुने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यार्थीलाई विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ ।

कामपा शिक्षा विभागले सामुदायिक र संस्थागत दुवै विद्यालयलाई परिपत्र गर्दै उक्त चेतावनी दिएको हो । आगामी शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउने काम प्रचलित कानुनविपरीत रहेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले जारी गर्नुभएको परिपत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, “सामुदायिक विद्यालयले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन्, अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्नेछ ।”

महानगरले भनेबाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी नगर्ने पनि स्पष्ट पारेको छ । त्यसैगरी संस्थागत विद्यालयले पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउनु उल्लेख गरिएको छ ।

विद्यालयले स्वीकृत पाठ्यसामग्री प्रयोग नगरेमा, पोशाक, स्टेशनरीलगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकलाई बाध्य गराएमा शिक्षा ऐन, २०२८ शिक्षा नियमावली २०५९ तथा काठमाडौँ महानगरपालिकाको शिक्षा ऐन, २०७५, नियमावली २०७४ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने परिपत्रमा उल्लेख छ ।

हाल कामपामा सामुदायिक र संस्थागत गरी करिब छ सय विद्यालय रहेका छन् । चालु आर्थिक वर्षमा कामपाले शिक्षाका लागि रु एक अर्ब ३२ करोड लाख ३३ हजार रकम विनियोजन गरेको छ । रासस