२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइलबाटै अभिभावकले छोराछोरीको पढाई प्रगति हेर्न मिल्ने नेपालकै पहिलो एप सार्वजनिक



अ+ अ-

काठमाडौं । अनलाईन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले आफ्नै मोबाइलबाट छोराछोरीको प्रगति हेर्न मिल्ने एप, नेपालमै पहिलो पटक आएको छ ।

एम्बिसन गुरु नेपाल प्रालिले ल्याएको यो एपबाट अभिभावकले एम्बिसन गुरुमा अध्ययनरत आफ्ना छोराछोरी वा भाईबहिनीले एपमा कति समय बसेर पढिरहेका छन् । उनीहरुले पढाइमा कति प्रगति भइरहेको छ । विद्यार्थीले कतिवटा लाइभ क्लास लिए, कति वटा छुटाए । कुनकुन परीक्षामा सहभागी भए । नबुझेका कुरा शिक्षकलाई प्रश्न गरिरहेका छन् कि छैनन् जस्ता कुरा थाहाँ पाउन सक्नेछन् ।

परीक्षामा विद्यार्थीले कुन विषयमा कति अंक ल्याएका छन् र त्यसमा गुरुले दिएको सल्लाह पनि मोबाइलबाट नै हेर्न सक्ने कम्पनीले जनाएको छ । एपमा रहेको फिचरमा कुनकुन विषयमा अझ मेहेनत गर्नुपर्ने छ, जस्ता कुरा अत्याधुनिक एआइ प्रविधिले गाईड गर्नेछ । यस्तै प्रत्यक्ष गुरुसँग पनि तपाइले परामर्श लिन सक्नेछन् । । आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलमा छोराछोरीबाट टाढा बस्नुपर्ने ब्याध्यात्कम अवस्थामा रहनुभएका अभिभावका लागि यो एप वरदान सावित हुने कम्पनीले जनाएको छ ।

इ(लर्निङ प्लेटफर्म एम्बिसन गुरुमा स्थापनाकोहाल सम्म हाम्रो एप डाउनलोड गर्नेको संख्या एक लाख भन्दा बढी पुगेको छ । नेपालकै उत्कृष्ट गुरूहरूबाट एसईई, ‍+२, साईन्स, मेनेजमेन्टका ब्याच्लर र माष्टर्स लेबलका विभिन्न विषयका परीक्षाको तयारी अनलाईनबाट गराउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार लोक सेवा, शिक्षक सेवा, संस्थानहरू, बैंकहरू, सुरक्षा निकायका विभिन्न दरवन्दिका लागि खुलेका आवेदनको तयारी कक्षा सञ्चालन गरिरहेका छौ । यस्तै आयल्ट्स्, कोरियन र जापनिज भाषा पनि सिकाईने छ ।

सामाजिक उत्तरदायित्व र शिक्षामा सबैको समान पहुँच होस् भन्ने उदेश्यले हालै सम्पन्न एसईईका पाँच हजार विद्यार्थीलाई छात्तवृत्ति प्रदान गरेका दाबी कम्पनीले गरेको छ ।