२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेफिल्ड युनाइटेडसँग बराबरीमा रोकियो चेल्सी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बराबरी खेलेको छ । गएराति भएको खेलमो चेल्सीले शेफिल्ड युनाइटेडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

शेफिल्डको घरेलु मैदानमा सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । खेलको ११ औं मिनेटमा टियागो सिल्भाले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए र ३२ औं मिनेटमा जेडेन बोगलीले गोल गर्दै शेफिल्डलाई १–१ को बराबरीमा ल्याए ।

यता, ६६ औं मिनेटमा नोनी माडुकेले गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाए । खेल सकिनै लाग्दा इन्जुरी समयमा ओली म्याकबर्नीले गोल गर्दै शेफिल्डलाई २–२ को बराबरीमा ल्याएर हारबाट जोगाए ।

बराबरीसँगै चेल्सी ३० खेलबाट ४४ अंकका साथ १० औं स्थानमा छ भने शेफिल्ड ३१ खेलबाट १६ अंकसहित पुछारमा छ ।