२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित १० कारोबारी पक्राउ



अ+ अ-

काठमाडौँ । ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले १० जना कारोबारीलाई पक्राउ परेको छ । अवैध लागुऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागुऔषध पाँच सय तीन एम्पुल एवं मनोनिपक पदार्थ नाइट्रोभेट एक हजार दुई सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागुऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । पक्राउ परेकामध्ये दुईजना भारतीय कारोबारीसमेत छन् ।

विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोद्वारा सञ्चालित प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरी लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम कारबाही थालिएको ब्यूरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो । उहाँका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरु पक्राउ परेका हुन् ।

बूढानीलकण्डबाट मोरङका नवीन धिताल, ललितपुर महालक्ष्मीबाट सप्तरीका परमानन्द मेहता, विकास कार्की, काठमाडौँबाट भारतीय नागरिक विकास कुमार तथा काठमाडौँ चाबहिलबाट सुनसरीका सञ्जय लिम्बू र विकास मण्डललाई पक्राउ गरिएको उहाँले बताउनुभयो । उनीहरु सबैसँग खैरो हेरोइन बरामद गरिएको हो ।

यस्तै नियन्त्रित लागुऔषध नाइट्रोभेट ट्याब्लेट बिक्री गरिरहेको छ भन्ने सूचनाका आधारमा कोटेश्वरस्थित ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको चन्द्रागिरिबाट धीरजकुमार साह र गोकर्णेश्वरबाट भारतीय नागरिक धीरज कुमार तथा गोकर्णेश्वरबाटै सुरेश तामाङ र छिरिङ तामाङलाई पनि पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको छ । उनीहरुबाट पनि विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ ।

उनीहरुलाई चैत १० गतेयताको १० दिनको अवधिमा खोजतलास गरी पक्राउ गरिएको र सबैजनामाथि अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । रासस