२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज: अन्तिममा रहेको दिल्ली र लखनउ भिड्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को २६ औँ खेलमा आज लखनउ सुपर जाइन्ट्स (एलएसजी) ले दिल्ली क्यापिटल्स (डीसी)सँग खेल्दैछ । भारत रत्न श्री अटल बिहारी वाजपेयी (इकाना) स्टेडियम लखनउमा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

यस सिजनमा लखनउ आज पाँचौं खेल खेल्दैछ। एलएसजीको ४ खेलमा ३ जित र १ हारगपर ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । अर्कोतर्फ, छैटौं खेल खेल्न लागेको दिल्ली ले ५ खेलमा १ जित र ४ हारसहित २ अंक जोडेको छ ।

हेड टु हेड

आईपीएलमा हालसम्म लखनउ सुपर जाइन्ट्स र दिल्ली क्यापिटल्सबीच ३ खेल खेलिएको छ । लखनउले सबै खेल जितेको छ ।

लखनउले पछिल्ला तीन खेल लगातार जित्यो, पुरन सर्वाधिक रन स्कोरर

यस सिजन लखनउको सुरुवात राम्रो गर्न सकेन । टोलीले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग हार बेहोरेको थियो । यसपछि टोलीले पछिल्ला तीन खेलमा लगातार जित निकालेको छ । पञ्जाब किंग्सलाई २१ रनले, रोयल च्यालेन्जर्स बैंग्लोरलाई २८ रनले र गुजरात टाइटन्सलाई ३३ रनले पराजित गरेको थियो ।

बायाँ हाते ब्याट्सम्यान निकोलस पूरनले यस सिजन टिमका लागि सर्वाधिक रन बनाएका छन् । उनले चार खेलमा १७८ रन बनाएका छन् । यस्तै, टोलीका तीब्र गतिका बलर मयंक यादव सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

दिल्लीको खराब फार्म जारी

यो सिजनमा दिल्ली क्यापिटल्सको खराब फर्म जारी छ । टोलीले पाँच मध्ये एक खेल मात्र जित्न सकेको छ। टोलीले पञ्जाब किंग्स, राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्ससँग हार बेहोरेको थियो भने चेन्नई सुपर किंग्सलाई हराएको थियो ।

विकेटकिपर ब्याट्सम्यान ट्रिस्टन स्टब्स टोलीका सर्वाधिक रन बनाएका छन् । उनले पाँच खेलमा १७४ रन बनाएका छन् । खलील अहमदले ७ विकेट लिएका छन् ।

लखनऊ सुपर जायन्ट्सको सम्भावित प्लेईङ​ ११:

केएल राहुल (कप्तान र विकेटकीपर), क्विन्टन डी कक, देवदत्त पडिक्कलरदीपक हुडा, निकोलस पूरन, मार्कस स्टोइनिस, आयुष बडोनी, क्रुणाल पाण्ड्या, रवि बिश्नोई, यश ठाकुर, मोहसिन खान र नवीन(उल(हक।
इम्प्याक्ट प्लेयर: कृष्णप्पा गौतम।

दिल्ली क्यापिटल्सको सम्भावित प्लेईङ​ ११:

ऋषभ पन्त (विकेटकिपर र कप्तान), पृथ्वी शा, डेभिड वार्नर, ट्रिस्टन स्टब्स, अभिषेक पोरेल, अक्षर पटेल, ललित यादव, झे रिचर्डसन, इशान्त शर्मा, खलील अहमद र एनरिक नोर्त्या।

इम्प्याक्ट प्लेयर: कुमार कुशाग्रा।