२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउविरुद्ध पहिलो जितको खोजीमा कोलकाता



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज डबल हेडर (एक दिनमा २ खेल) सञ्चालन हुँदैछन् ।

आजको पहिलो खेल कोलकाता नाइट राइडर्स (केकेआर) र लखनउ सुपर जायन्ट्स (एलएसजी)बीच हुनेछ । खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

आजको दोस्रो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्स सँग मुम्बईको वानखेडेमा प्रतिस्पर्धा गर्दैछ । यो खेल बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

कोलकाताको यो पाँचौं खेल हुनेछ । ४ खेलमा ३ जित हात पारेको टोली ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । उसले अन्तिम खेलमा चेन्नई सुपर किंग्ससँग मात्रै हार बेहोरेको थियो ।

अर्कोतर्फ, यो लखनउको छैटौं खेल हुनेछ । ५ खेलमा ३ जित हात पारेको लखनउ ६ अंकसहित चौथो स्थानमा छ । उसले २ खेलमा हार बेहोरेको थियो ।

आईपीएलमा हालसम्म कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच ३ खेल खेलिएका छन् । लखनउले सबै खेल जितेको छ । कोलकाताको घरेलु मैदानमा दुई टोलीबीच एउटा मात्र खेल भएको थियो । उक्त रोमाञ्चक खेलमा लखनउ १ रनले विजयी भएको थियो ।

कोलकाताले यो सिजन निकै राम्रो सुरुवात गरेको थियो । टोलीले लगातार तीन खेल जितेको थियो । केकेआरले आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ४ रनले, दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले र तेस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १०६ रनको विशाल अन्तरले पराजित गरेको थियो । टोलीले गत खेलमा चेन्नईसँग सिजनको पहिलो हार बेहोरेको थियो ।

टोलीका कप्तान श्रेयस अय्यर अहिलेसम्म चार खेलसम्म आईपुग्दा पनि लयमा छैनन् । टोलीका लागि सुनिल नारायणले सर्वाधिक रन बनाएका छन् । उनले चार खेलमा १६१ रन बनाएका छन् । बलिङमा वैभव अरोरा शीर्ष स्थानमा छन् । उनले दुई खेलमा मात्रै पाँच विकेट लिएका छन् ।

अर्कोतर्फ यस सिजन लखनउको सुरुवात राम्रो हुन सकेन । टोली आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो । यसपछि टोलीले पुनरागमन गर्दै लगातार तीन खेल जित्यो । दोस्रो खेलमा पञ्जाब किंग्सलाई २१ रनले, तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई २८ रनले र चौथो खेलमा गुजरात टाइटन्सलाई ३३ रनले हराएको थियो । अन्तिम खेलमा भने लखनउ दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित भएको थियो ।

यो खेलमा टिमले फास्ट बलर मयंक यादवको पनि अभाव गर्नेछ । उनलाई यो खेलमा पनि खेल्न गाह्रो छ, उनले पछिल्लो खेलमा पनि पूर्ण रुपमा फिट नभएका कारण खेलेका थिएनन् । टोलीका लागि निकोलस पुरनले सर्वाधिक रन (१७८) बनाएका छन् । दायाँ हाते तेज बलर यश ठाकुरले टोलीका लागि सर्वाधिक विकेट (७) लिएका छन् ।

इडेन गार्डेन रंगशालाको पिच ब्याटिङमैत्री छ । तर, खेलको अन्त्यसँगै स्पिनरहरूलाई पनि मद्धत मिल्छ । यस रंगशालामा हालसम्म ८७ आईपीएल खेल खेलिएका छन् । यहाँ पहिले ब्याटिङ गर्ने टोलीले ३६ खेल जितेका छन् भने पछि ब्याटिङ गर्ने टोलीले ५१ खेल जितेका छन् ।

आज कोलकाताको मौसम निकै तातो हुनेछ । तापक्रम २७ देखि ३७ डिग्रीको बीचमा रहने अनुमान गरिएको छ । खेलको समयमा वर्षाको सम्भावना छैन ।