२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखद्वारा प्रतिनिधि सभा बैठकमा चालु अधिवेशन अन्त्यको जानकारी



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको चालु अधिवेशन (तेस्रो अधिवेशन) आईतवार (आज) राति १२ बजेबाट अन्त्य हुने भएको छ ।

सभामुख देवराज घिमिरेले आईतवार बसेको प्रतिनिधि सभा बैठकले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द पौडेलले पठाएको पत्र पढेर सुनाउँदै सो अधिवेशनमा अन्त्य हुने औपचारिक जानकारी गराउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘माननीय सदस्यहरु, प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वत: अन्त्य हुने जानकारी गराउँदै यो बैठक यही स्थगित हुन्छ ।’

चैत्र ३० गते बसेको मन्त्रीपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।