२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम चरणलाई वेल्स विश्वविद्यालयबाट डा उपाधि



अ+ अ-

एजेन्सी । साउथका सुपरस्टार राम चरणलाई वेल्स विश्वविद्यालय, चेन्नईले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । शनिबार सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै अभिनेताले यो जानकारी दिएका हुन् ।

सो दीक्षान्त समारोहमा रामचरण प्रमुख अतिथि थिए । फिल्म उद्योगमा दिएको योगदानका लागि वेल्स विश्वविद्यालयले रामलाई यो सम्मान दिएको हो ।

कार्यक्रमको तस्बिर सेयर गर्दै रामचरणले लेखेका छन्, ‘वेल्स विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि प्राप्त गर्न पाउँदा म निकै खुसी छु । म चेन्नईका जनता र मेरो यात्रामा सहभागी हुने सबैलाई धन्यवाद दिन्छु । धेरै सपना र उपलब्धिहरू पूरा हुन बाँकी छ ।

कार्यक्रममा रामचरणसँगै उनकी पत्नी उपासना कामिनेनी पनि थिइन् । कार्यक्रमका धेरै तस्बिर र भिडियोहरू सेयर गर्दै उपासनाले रामचरणलाई ‘डाक्टर’ भनेकी थिइन् ।

कार्यक्रममा जानुअघि उपासनाले एउटा भिडियो पनि सेयर गरेकी छिन् जसमा उनले आफू यस पलका लागि कति उत्साहित भएको बताएकी छिन् ।

कामको कुरा गर्दा रामचरणको अर्को फिल्म ‘गेम चेन्जर’ हो । १७० करोडको बजेटमा बन्न लागेको यो फिल्मलाई शंकरले निर्देशन गर्नेछन् । फिल्ममा रामचरण बाहेक कियारा आडवाणी, अञ्जली, एसजे सूर्य, जयराम लगायतका कलाकारहरु देखिनेछन् ।