२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको हो: सञ्चारमन्त्री



file photo
अ+ अ-

काठमाडौँ । सरकारले संसदको चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताएको छ ।

आईतवार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनकिपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद अधिवेशन स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताउनुभएको हो ।

उहाँले स्वभाविक रुपमा भएको संसद अधिवेशनलाई अरु अर्थमा बुझ्न नहुने बताउनु भयो । उहाँले सरकार संसदमा उठेका प्रश्नबाट भाग्न खोज्यो भन्ने नेपाली काँग्रेसको आरोप गलत भएको बताउनु भयो । उहाँले सरकार अब बजेट अधिवेशनको तयारीमा लागेको बताउनु भयो । उहाँले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नका लागि संसद अधिवेशन अन्त्य गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदको एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति हामीलाई केही समय चाहिन्छ । हाम्रा नियमावली, संविधानका व्यवस्था छन् । त्यो व्यवस्थाअनुसार हाम्रो केही समय संसद अधिवेशन बन्द गर्नैपर्ने हुन्छ । अब हाम्रो बजेट अधिवेशन नजिक आउँदैछ । यस पटक बजेट कार्यक्रममा नयाँपन दिने पनि हामीले भनेका छौँ । त्यही अनुसार हामीले सिद्धान्त र प्राथमिकता एक खालले पारित गरिसकेका छौँ । सिद्धान्त र प्राथमिकतामा धेरै मान्यज्युहरुका सल्लाह र सुभाmव छन् । त्यसलाई परिमार्जन गर्नुपर्नेछ । नीति तथा कार्यक्रमको, बजेटको तयारी गर्नुपर्ने, सरकारको मुख्य ध्यान त्यतातिर छ । त्यसकारण हामी अलि फरक ढंगले बजेट कार्यक्रम अघि बढाऔँ भनेर समय लिइएको हो । त्यसबाट संसद अन्त्य स्वभाविक प्रक्रियामा भएको छ । यसलाई अरु अर्थमा बुझ्नु हुँदैन । संसदमा उठेका विषयबाट भाग्न खोज्यो र अन्त्य भयो भन्ने कुरा आयो । यो गलत हो ।’

मन्त्री शर्माले एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति संसद अधिवेशन बन्द गर्नैपर्ने बाध्यता रहेको बताउनु भयो ।