२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदराबादले तोड्यो आफ्नै कीर्तिमान, बैंगलोरलाई दियो २८८ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन जारी राखेका छन् ।

हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)लाई २८८ रनको लक्ष्य दिएको छ ।

उसले २० ओभरमा ३ विकेट गुमाएर २८७ रन बनाएको हो । आईपीएलको इतिहासमा यो सबैभन्दा ठूलो स्कोर हो, यसअघि हैदराबादले नै यसै सिजन मुम्बईविरुद्ध २७७ रन बनाएको थियो ।

एम चिन्नास्वामी स्टेडियममा आरसीबीले टस जितेर पहिले बलिङ रोजेको थियो । एसआरएचका ट्राभिस हेडले ३९ बलमा शतक बनाए । उनको यो आईपिएल इतिहासमै चौथो छिटो शतक हो ।

उनले ४१ बलमा १०२ रन बनाए । हेनरिक क्लासेनले ६७, अभिषेक शर्माले ३४ रन जोड्दा अब्दुल समद १० बलमा ३७ र एडेन मार्कराम १७ बलमा ३२ रनसहित अविजित रहे ।

बैंगलोरका लोकी फर्गुसनले २ विकेट लिए ।




भर्खरै