८ असार २०८३, सोमबार
,
Latest
मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालको असन्तुष्टि अन्त्य गर्न खनाल अस्त्रको प्रयोग !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहालले बालुवाटारमै बोलाएर खनालसँग छलफल गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकार गठनमा समाजवादीले नेपाली कांग्रेसलाई साथ दिएपछि सत्ता गठबन्धनभित्र विवाद छ ।

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान सत्ता गठबन्धन धरापमा परेको छ । अध्यक्ष माधव नेपालले प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओली सहमतिबाट पछि हटेकोले गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएका छन् ।

यसै विषयमा प्रधानमन्त्री प्रचण्ड र सम्मानित नेता खनालबीच छलफल भएको बताइएको छ । एक प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने बताउँदै आएको समाजवादीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको पक्षमा उभिएपछि सो प्रदेशमा नाउपाकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

प्रधानमन्त्री दाहालले नेता खनाललाई गठबन्धनबाट नबाहिरिन आग्रह गरेका छन् । उनले सुदूरपश्चिम प्रदेश सरकार गठन पनि अहिलेकै गठबन्धनबाट बनाउनुपर्ने भएकाले विपक्षी कांग्रेससँग नमिसिने आग्रह गरेका छन् ।

त्यसो त नेता खनाल सुदूरपश्चिम प्रदेश सरकार गठनमा कांग्रेसलाई साथ दिने पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्णयप्रतिसमेत असन्तुष्ट छन् । उनले अहिलेकै गठबन्धनलाई बलियो बनाउनुपर्ने र आफ्नो पार्टीका केही माग भने सम्बोधन गर्नुपर्ने बताएका छन् ।

जवाफमा प्रधानमन्त्री दाहालले सबै विषय सहमतिबाटै गरिने भएकाले हतार नगर्न नेता खनाललाई आग्रह गरेको बताइएको छ ।

गठबन्धनप्रति नेता नेपालले तीव्र असन्तुष्टि जनाएपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनालको अस्त्र प्रयोग गर्न खोजेको विश्लेषण हुँदै आएको छ ।