२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जात्रामा सहभागी हुन मेयर बालेन्द्र शाहको निम्तो



तस्बिर : बालेन्द्र शाहको फेसबुक पेज
अ+ अ-

काठमाडौं । वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथ अर्थात् जनबहा:द्य:को रथयात्रा आजदेखि सुरु हुँदैछ ।

पाहाँ च:ह्रे जात्राको समापनलगत्तै जनबहा:द्य: अर्थात् लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुन्छ । जनबहालबाट सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्‍याइन्छ ।

रथयात्रा समितिका अनुसार मछिन्द्रबहालमा सेतो मत्स्येन्द्रनाथ देवतालाई नुहाइएको परम्परागत किंवदन्ती छ । त्यसपछि चैत शुक्ल पूर्णिमाको दिन खटमा राखेर रथमा पुर्‍याउने चलन चल्दै आएको हो ।

तस्बिर : बालेन्द्र शाहको फेसबुक पेज

जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई विधिविधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराइने प्रचलन छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्त रूपमा आस्था प्रकट गर्ने मत्स्येन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रूपमा सम्मान गरिन्छ ।

सेतो मत्स्येन्द्रनाथ यात्राको प्रमुख आकर्षण हो । यो रथ ३२ हात अग्लो उचाइ बनाइन्छ । यो रथ बनाउन सातदेखि आठ दिनसम्म लाग्ने गर्दछ । दरबार मार्गबाट सुरु हुने यो यात्रा लगनमा गएर टुङ्गिन्छ ।

किंवदन्ती अनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा फेला परेको सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई घर लगेर धानको भकारीभित्र लुकाएका थियो । त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको हो ।

सोही परम्परा अुनसार जमलमै रथ बनाउने गरिएको छ । रथलाई लगनटोलमा रहेको मत्स्येन्द्रनाथको आमाको मन्दिर परिक्रमा गराई रथयात्रा सम्पन्न भएपछि सेतो मत्स्येन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रबहालस्थित मन्दिरमा लगिन्छ ।

रथ बनाउने कार्यमा काठमाडौँका महर्जन, तुलाधर, नकर्मी, मुनिकार, चित्रकार, मानन्धर आदि समुदायको भूमिका रहने गर्दछ । पाङ्ग्रादेखिमाथि गजुरसम्मै रथ निर्माण गर्ने र यात्रा सकिएपछि रथका पूर्जाहरू खोल्ने कामको जिम्मेवारी भने विभिन्न कवलका ७८ जना महर्जन परिवारलाई दिइएको हुन्छ ।

प्राचीन समयदेखि सञ्चालनमा रहेको सो यात्रा नेपालीको महत्वपूर्ण संस्कृतिका रूपमा लिइन्छ । रथयात्राको दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्‍याइन्छ । चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मछिन्द्रबहालसम्म यात्रा चलाइन्छ ।

त्यसै गरी बुधबार असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म रथ तानिने गरिन्छ । बिहीबार हनुमानढोका, चिकमुगल, जैसीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुने समितिले जनाएको छ । रथयात्राको रुट काठमाडौँ महानगरपालिका १, १९, २०, २३, २४, २५, २७ र २८ गरी नौ वटा वडा छन् ।

यसैबीच काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मछिन्द्रनाथको जात्रामा सहभागी हुन निमन्त्रण गर्नुभएको छ । शाहले आज सामाजिक सञ्जालमार्फत् सेतो मच्छिन्द्रनाथ रथयात्राको शुभकामना दिँदै, रथ अवलोकनको निमन्त्रणा गर्नुभएको हो ।

तस्बिर : बालेन्द्र शाहको फेसबुक पेज




भर्खरै