२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

आठ ओभरमा झारिएको खेलमा साउदीले ८ ओभरमा ७ विकेट गुमाएर ७३ रन जोड्यो । उसका लागि अबदुल वाहिदले १६ बलमा ३७ रनको योगदान दिए । उनले ३–३ चौका र छक्का हिर्काए । यस्तै, फैसल खानले ६, मनान अलि र वजी उल हसनले ३–३, कासिफ अब्बासले ८, हिसान शेखले २, साद खानले ५ रन जोडे ।

बलिङतर्फ नेपालका लागि करण केसी र अभिनाश बोहराले २–२ तथा ललित राजवंशी र प्रतिश जिसिले १–१ विकेट लिए । गतराति वर्षाले मैदान भिजेका कारण खेलमा ढिलाई भएपछि ओभर झारिएको हो । प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनमा पुगिसकेको छ ।