२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोर्खाको वीरेन्द्र तालमा हिमपहिरो, बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह



अ+ अ-

गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित वीरेन्द्र तालमा हिमपहिरो गएको छ । वीरेन्द्र तालमा खसेको हिमपहिरो कारण सामागाउँबाट साम्दो जाने पैदलमार्गको काठेपुल बगाएको छ ।

लामो समयसम्म जमेर बसेको हिउँ तालमा खसेपछि बहाब बढेको हो । तालबाट निस्किएको पानीले एउटा पुल पनि बगाएको छ । यसअघि पनि कहिले काहिँ यहाँ स–सानो पहिरो जाने गरेको थियो । तर आज भने ठूलै पहिरो गएको हो ।
अत्यधिक गर्मीका कारण हिउँ पग्लिएर खसेको हुनसने अनुमान गरिएको छ ।

पहिरोपछि तालबाट बग्ने पानीको बहाव बढेको छ । बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन स्थानीय पालिकाले आग्रह गरेको छ । वीरेन्द्र तालबाट बग्ने पानी साविकको भन्दा बढेको छ ।

सामागाउँ प्रहरी चौकिबाट प्रहरी टोली वीरेन्द्र ताल क्षेत्रमा जाँदै छ । पुल बगाएपछि बाटो अवरुद्ध भएको खबर आएको प्रहरीले जनाएको छ । अहिले मनास्लु क्षेत्र भम्रणको सिजन पनि हो ।