२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीको निराश अनुहार देखेर फ्यान पनि दुःखी होलान् !



अ+ अ-

एजेन्सी । जितका लागि अन्तिम ओभरमा २१ रन आवश्यक थियो । केकेआरविरुद्ध आरसीबीको टोली जितको दौडमा पुगेको जस्तो देखिन्थ्यो । यो खेल आरसीबीले जित्छ भन्ने आशाको किरण सबैको मनमा उब्जिएको थियो तर भनिन्छ भाग्य भन्दा ठुलो केहि छैन र फेरि एक पटक आरसीबीको भाग्य दुःखी भयो ।

दिनेश कार्तिक १९ औं ओभरको अन्तिम बलमा आउट भए र त्यहीँबाट खेलको पासा पल्टियो । आरसीबी–केकेआर दुवै टोलीका फ्यानहरूले विजयको लागि भगवानसँग प्रार्थना गर्न थाले, तर अन्तमा मिचेल स्टार्कले करण शर्मालाई आफ्नै बलमा क्याच गरे र केकेआरले यो रोमाञ्चक खेल १ रनले जित्यो ।

केकेआरसँगको हारपछि डगआउटमा बसेका विराट कोहलीको प्रतिक्रिया क्यामेरामा कैद भएको छ । कोहलीलाई निराश देखेर फ्यानहरुको मन दुखेको जस्तो देखिन्थ्यो ।

आरसीबीले केकेआरले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा केकेआरको टोली २२१ रन बनाएर अलआउट भयो । रजत पाटीदार र विल ज्याकले अर्धशतकीय पारी खेले भने करण शर्माले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । मिचेल स्टार्कको अन्तिम ओभरमा करण शर्माले तीन छक्का प्रहार गर्दै केकेआरको जितको आशा जगाए तर आरसीबीलाई २ बलमा ३ रन आवश्यक पर्दा उनले सरल शट खेले र स्टार्कको हातमा क्याच दिए । यसरी केकेआरले आरसीबीलाई १ रनले पराजित गर्‍यो ।