२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान



अ+ अ-

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले आईपीएलको ४१ औं खेलमा सनराइजर्स हैदराबादलाई ३५ रनले हरायो । हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर २०६ रन बनाएको थियो ।

जवाफमा हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो ।

आरसीबीका तर्फबाट विराट कोहली (५१ रन) र रजत पाटीदार (५० रन)ले अर्धशतक बनाए । आईपीएलका १० सिजनमा ४०० भन्दा बढी रन बनाउने विराट पहिलो खेलाडी बनेका छन् । योसँगै रजतले आईपीएलमा आरसीबीका लागि १९ बलमा दोस्रो छिटो अर्धशतक बनाए ।

कोहलीले यो सिजन ४०० रन पुरा गरेका छन् । उनी १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान बने । यसअघि उनी सुरेश रैना, डेभिड वार्नर, शिखर धवनसँग बराबरीमा थिए । तीनै ब्याट्सम्यानले आईपीएलको ९ सिजनमा ४०० भन्दा बढी रन बनाएका छन् । यद्यपि, यो सिजन डेभिड वार्नर र शिखर धवनले कोहलीसँग बराबरी गर्ने मौका भने छ ।

यसका साथै कोहलीले आईपीएलमा ओपनरका रुपमा ५१ रनको इनिङ्स खेल्दै ४ हजार रन पनि पुरा गरेका छन् । उनी यस्तो गर्ने चौथो ब्याट्सम्यान बने । यसअघि शिखर धवन, डेभिड वार्नर र क्रिस गेलले यो उपलब्धि हासिल गरिसकेका छन् । शिखर धवनले ओपनरका रूपमा २०२ इनिङ्समा सर्वाधिक ६३६२ रन बनाएका छन् । केएल राहुल पनि ४ हजार रन नजिक छन् ।