२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहतको शतकमा नेपालले वेष्ट इन्डिज ‘ए’लाई हरायो



अ+ अ-

काठमाडौँ । नेपालका कप्तान रोहित पौडेलको शतकमा नेपालले वेष्ट इन्डिज ‘ए’लाई हराएको छ ।

५ खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको हो ।

वेष्ट इन्डिज ‘ए’ ले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको लागि कप्तान रोहित पौडेलले शानदार शतक बनाए । उनले ५४ बलमा १० चौका र ६ चक्का प्रहार ५४ बलमा १० चौका र ६ चक्का प्रहार गर्दै १ सय १२ रन बनाए ।

यस्तै, गुलशन झा ९ र प्रितिश जिसी ५ रनमा अविजित रहे ।नेपाललाई अन्तिम ओभरमा जितको लागि ९ रन आवश्यक थियो । प्रतिश र गुल्शनले पहिलो र दोस्रो बलमा एकएक रन लिए । तेस्रो र चौथो बलमा गुल्शनले लगातार चौका हान्दै नेपाललाई जित दिलाए ।

दीपेन्द्रसिंह ऐरीले १८ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाए । कुशल भुर्तेलले १६, विवेक यादवले ७ र अनिल शाहले ५ रन बनाए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

वेष्ट इन्डिज ‘ए’ का लागि कप्तान रोस्टन चेजले सर्वाधिक रन बनाएका थिए । उनले ४६ बलमा ७४ रन बनाए । यस्तै, केसी कार्टीले ३८, कडीम एलेनले१४, , आन्द्रे फ्लेचरले १३ रन बनाए ।

नेपालको लागि कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र अभिनाश बोहराले समान एक एक विकेट लिएका थिए ।