२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसएलमा हिरो, आईपीएलमा जिरोः ल्यूक वुडको नाममा ‘लाजमर्दो’ कीर्तिमान



अ+ अ-

एजेन्सी । आईपीएलको ४३ औँ खेल शनिबार मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स बीच खेलिएको थियो । अरुण जेटली स्टेडियममा भएको खेलमा मुम्बई १० रनले पराजित भएको थियो ।

हारसँगै मुम्बईका फास्ट बलर ल्यूक वुडले आफ्नो नाममा लज्जास्पद कीर्तिमान बनाएका छन् । पाकिस्तान सुपर लिग (पीएसएल) मा उत्कृष्ट बलिङ गरेका ल्यूक वुड आईपीएलको इतिहासमा मुम्बई इन्डियन्सका सबैभन्दा महँगा बलर बनेका छन् ।

पीएसएलमा उत्कृष्ट बलिङ गरेपछि वुड आईपीएलमा आएका थिए । मुम्बईले उनलाई अष्ट्रेलियाका तेज गेंदबाज जेसन बेहरेनडर्फको स्थानमा टोलीमा समावेश गरेको थियो । तर अब उनले मुम्बईका लागि सबैभन्दा महँगो बलर बन्ने लज्जास्पद कीर्तिमान बनाएका छन् । दिल्लीका बलरहरूले वुडलाई नराम्रोसँग चुटे ।

वुडले ४ ओभरमा कुल ६८ रन खर्चिए । यो अवधिमा उनले १ विकेट मात्र लिएका थिए । वुडले दक्षिण अफ्रिकी तेज गेंदबाज क्वेना माफाकाको कीर्तिमान तोडेका छन् । माफाकाले यसै सिजन हैदरावादविरुद्धको खेलमा ६६ रन दिएका थिए । त्यो अफ्रिकी तेज गेंदबाजको डेब्यु खेल थियो । अब माफाकाको अवांछित कीर्तिमान तोड्दै वुड मुम्बईका सबैभन्दा महँगा बलर बनेका छन् ।

मुम्बईबाट आईपीएल खेलिरहेका ल्यूक वुडले इंग्ल्याण्डका लागि सेतो बलको क्रिकेट खेल्छन् । यद्यपि उनी इङ्गल्याण्डको नियमित भाग भने होइनन् । उनले अहिलेसम्म २ ओडीआई र ५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनले अहिलेसम्म एकदिवसीय खेलमा सफलता हात पार्न सकेका छैनन् । यसबाहेक उनले टी–२० अन्तर्राष्ट्रियको ५ इनिङ्समा बलिङ गर्दै २१.७५ को औसतमा ८ विकेट लिएका थिए ।