२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए…(फोटो फिचर)



अ+ अ-

ललितपुर, १६ बैशाख । महालक्ष्मी नगरपालिका वडा नं ९ का वडाध्यक्ष जयकृष्ण बोगटी आफैं गत शुक्रबार सो वडाको लामाटारका ९४ जना ज्येष्ठ नागरिकहरूलाई लिएर प्रसिद्ध धार्मिक स्थल सुनसरीको वराह क्षेत्रसहितका धार्मिक स्थलको तिर्थाटनमा पुगेर शनिबार मध्यराती फर्केका छन् ।

६० देखि ७४ वर्ष उमेरका ती जेष्ठ नागरिकको नेतृत्व गर्दै वडाध्यक्ष बोगटीसहितका जनप्रतिनिधि, वडा सचिव र वडाका ६ जना स्वास्थ्य स्वयम्सेविका धार्मिक तीर्थाटनमा सहभागी थिए ।

यसैगरि ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति संवेदनशील हुँदै ९ नं वडा कार्यालयले प्राथमिक उपचारका औषधिसहित ७ जना स्वास्थ्यकर्मीलाई पनि लिएर गएको थियो ।

स्थानीय निकायको निर्वाचन अघि आफ्नो घोषणापत्रमा उल्लेख गरेको कार्यक्रमलाई व्यवहारिक रुपमै पुरा गर्न चालु आर्थिक वर्ष २०८०/०८१ मा बजेट नै वीनियोजन गरि वडाका जेष्ठ नागरिकलाई धार्मिक तीर्थाटन गराएको वडाध्यक्ष जयकृष्ण बोगटीले प्रष्ट पारे ।

वडा कार्यालयले यसअघि सो वडाका ७५ वर्ष नाघेका २३० जना जेष्ठ नागरिक भव्य कार्यक्रमको आयोजवना गरि सम्मान गरिसकेको छ भने उनीहरुको स्वास्थ्य परीक्षणको लागि नियमित रुपमा वडाका स्वास्थयकर्मीसहितको समूहलाई सक्रियरुपमा परिचालन गरेको छ ।

धार्मिक तीर्थाटनमा सहभागी ज्येष्ठ नागरिकहरुले परिवारका सदस्यले गर्न नसकेको काम वडाका जनप्रतिनिधिले गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन सुझाव पनि दिए ।
तीर्थाटनका लागि वडाले जेष्ठ नागरिकलाई सिन्धुलीस्थित आदिलिङ्ग कुशेश्वर महादेव मदिीर, सिन्धुलीको कमलामाई मन्दीर, सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढीको अवलोकनसहित सुनसरीको वराह क्षेत्रको तीर्थाटन गराएको हो ।

पूर्वी नेपालको सुनसरी जिल्लामा पर्नेवराह क्षेत्र नगरपालिका–१ चतराधाममा गएको चैत २७ गतेदेखि १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला लागेको छ ।

सप्तकोशीमा स्नान गर्न, कुम्भको दर्शन गर्न दर्शनार्थी आउने गरेका छन् ।सो क्षेत्रमा हरेक १२ वर्षमा महाकुम्भ मेला तथा हरेक ६ वर्षमा अर्ध कुम्भ मेला लाग्ने गर्दछ । कुम्भ मेलामा सहभागी भएमा पुण्य प्राप्ति हुने जनविश्वास छ ।