२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक



अ+ अ-

एजेन्सी । आईसीसीले महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक गरेको छ । यो प्रतियोगिता बंगलादेशमा आयोजना हुनेछ ।

प्रतियोगिता अक्टोबर ३ बाट सुरु हुनेछ । पहिलो खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ ।

पहिलो सेमिफाइनलको भने १७ अक्टोबरमा र दोस्रो सेमिफाइनल १८ अक्टोबरमा हुनेछ । फाइनल खेल अक्टोबर २० मा हुनेछ ।

आईसीसी महिला टी–२० विश्वकप २०२४ मा कुल २३ खेल खेलिने छन् । यी खेलहरू १९ दिनमा ढाका र सिलहटमा हुनेछन् । प्रतियोगिताका लागि दुई समूह बनाइएको छ । समूह ए मा पाँच टोली छन् । समूह बी मा पनि पाँच टोली छन् ।

समूह ए मा भारत, पाकिस्तान, अष्ट्रेलिया, न्यूजिल्याण्ड र क्वालिफायर १ का टोली हुनेछन् । समूह बी मा दक्षिण अफ्रिका, इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र क्वालिफायर २ टोली रहेका छन् ।

प्रतियोगितामा प्रत्येक टोलीले कुल चार समूह खेल खेल्नेछन् । यसपछि प्रत्येक समूहबाट दुई टोली सेमिफाइनल पुग्नेछन् ।