२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री यादबको गुनासो: सरकारले नै पार्टी फुटायो



अ+ अ-

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारपले नै आफ्नो पार्टी फुटाइदिएको आरोप लगाउनु भएको छ ।

आज पत्रकार सम्मेलन आयोजना गरीयादबले आफूलाई पार्टी फुट्नुमा बाहिर हल्ला आएको जस्तै आशंका रहेको बताउनु भयो । उहाँले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फ लक्षित गर्दै शिसाको घरमा बस्नेले अरुको घरमा ढुङ्गा हान्न चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो ‘सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्न हुँदैन । आफ्नै घरमा फर्किन सक्छ । यहाँहरुलाई जस्तो लागेको छ । मलाई पनि त्यस्तै लागेको छ।’

यादबले वर्तमान सरकारलाई जसपा नेपालको समर्थन कायमै रहने बताउनु भयो । उहाँले भन्नुभयो प्रधानमन्त्री प्रचण्डलाई पनि ‘सत्ता समीकरण परिवर्तन हुँदैछ, उपेन्द्र र कांग्रेसबीच छलफल भइरहेको छ’ लगायतका हल्ला सुनाएर भ्रममा पारिकाएको उनले बताए । वर्तमान सरकार बनेदेखि आफूले कांग्रेसका कसैसँग पनि भेट नगरेको र कांग्रेसका नेता तथा कार्यकर्तालाई चिया पसलमा पनि भेटेको छैन ।