२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस प्रधानमन्त्री भइदेउ भनेर जहाँ पनि पुग्छ – ओली



file photo
अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रन्थनिरहेको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले यस्तो टीप्पणी गरेका हुन् ।

ओलीले भने – ‘आज कांग्रेसले के गर्छ, हेर्नुपर्ने छ । कांग्रेस अत्यन्तै रहन्थनियो । के गर्ने, के नगर्ने, प्रधानमन्त्री भइदेउ भनेर यता पनि पुगेको छ, उता पनि पुगेको छ ।’

प्रमुख प्रतिपक्ष कांग्रेसले यसअघि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो ।ओलीले यसैलाई लिएर टीप्पणी गरेका हुन् ।

तस्बिरः ओलीको सचिवालय