२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म ग्यारेन्टी दिन्छु सलमानले कहिल्यै बिहे गर्दैनन्’



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता मिथुन चक्रवर्तीले अभिनेता सलमान खानले कहिल्यै बिहे नगर्ने बताएका छन् । उनका अनुसार सलमान निकै शरारती स्वभावका छन् ।

केटीहरुको मजाक मात्रै बनाउँछन् । यससँगै केटीहरू पनि उनको व्यक्तित्वबाट मोहित हुन्छन् र विवाहको सपना देख्न थाल्छन् ।

मिथुनले सलमानले उनलाई धेरै माया गर्ने बताएका छन् । सुटिङको क्रममा सलमानले उनलाई राती पनि एक्लै छोड्दैनन्, रमाइलो र ठट्टा गरिरहन्छन् ।

जब टिभी रियालिटी शो सारेगामापाका प्रस्तोता आदित्य नारायणले मिथुनलाई ज्याकी श्राफ, सलमान खान, सञ्जय दत्त र अक्षय कुमारमध्ये कसले सबैभन्दा बढी समस्यामा परेको छ भनेर सोध्दा मिथुन चक्रवर्तीले ‘सलमान खान’ भने ।

यसपछि मिथुनले भने, ‘सलमानले कहिल्यै बिहे गर्दैनन् तर सबैलाई खुराक दिन्छन् (उनी केटीहरूलाई बेवकूफ बनाउँछन्) । एकै समयमा केटीहरू सोच्छन् कि यस्तो सुन्दर सुपरस्टार छ र उसले उनीहरूसँग विवाह गर्नेछ । तर यो भाइले त्यसो गर्दैन, म ग्यारेन्टी दिन्छु कि उसले गर्दैन ।’

सलमानको कामको कुरा गर्ने हो भने उनी पछिल्लो पटक कट्रिना कैफसँग फिल्म टाइगर ३ मा देखिएका थिए । उनी आगामी वर्ष रिलिज हुन लागेको फिल्म सिकन्दरमा देखिनेछन् ।




भर्खरै