५ असार २०८३, शुक्रबार
,
Latest
एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको मुद्दामा बहस जारी, आजै फैसला आउने सम्भावना



फाईल फोटो
अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा बहस जारी रहेको छ ।

मुद्दाको सुनुवाइ उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा परेको थियो ।

सरकारी पक्षका दुई जना वकिलले बहस गरिसकेका छन् । सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, मुरारी सापकोटा र शम्भु थापाले पनि बहस गरिसकेका छन् ।

अब वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र सविता भण्डारीले बहस गर्ने बताईएको छ । सन्दीप पक्षको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्ने त्यसपछि न्यायाधीशले फैसला सुनाउने छन्

मुद्दाको आजै फैसला आउन सक्ने सम्भावना रहेको छ । आज बहस नसकिएको खण्डमा मुद्दालाई हेर्दा हेर्दैमा राखेर भोलि यही इजलासमा सुनुवाइ हुनेछ ।

काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।