२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः दिल्लीको जितको फाइदा बैंगलोरले उठायो



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को ६२औं लिग खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ । दिल्लीको जितपछि प्रश्न उठिरहेको छ कि यसले रोयल च्यालेन्जर्स बैंगलोरलाई फाइदा पुग्छ ?

लखनउलाई हराएर, दिल्लीले उसलाई १६ अंकमा पुग्नबाट रोक्यो, जुन कुनै न कुनै रूपमा आरसीबीका लागि फाइदाजनक हुनेछ ।

दिल्लीको जितको सबैभन्दा ठूलो फाइदा राजस्थान रोयल्सले पाएको छ । दिल्ली जितसँगै राजस्थान प्लेअफमा प्रवेश गरेको छ । यसका साथै यो जितसँगै दिल्लीले बैंगलोरको बाटो पनि सहज बनाएको छ । ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली क्यापिटल्सले लखनउ विरुद्ध सिजनको अन्तिम लिग खेल खेलेको थियो, जसमा उसले १४ अंक हासिल गरेको छ ।

अब प्लेअफ दौडमा रहेका चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बैंगलोर र लखनउ सुपर जायन्ट्सका टोलीले अधिकतम १४ अंक जोड्न सक्छन् । यस्तो अवस्थामा राम्रो नेट रन रेट भएको टोली चौथो स्थानका लागि छनोट हुनेछ ।

अहिले सनराइजर्स हैदरावादसँग मात्र १६ अंक जोड्ने मौका छ । १४ अंकमा पुगेको टोलीमध्ये आरसीबीको नेट रन रेट चेन्नईपछिको उत्कृष्ट रहेको छ ।

बैंगलोरको अर्को र अन्तिम लिग खेल चेन्नई सुपर किंग्ससँग हुनेछ । अन्तिम खेलमा चेन्नईलाई हराएर आरसीबी प्लेअफमा पुग्न सक्छ । यदि बैंगलोरले चेन्नईसँगको अन्तिम खेलमा हार्यो भने प्लेअफको दौडबाट बाहिरिने निश्चित छ । अब कुन दुई टोली प्लेअफमा पुग्छन् त्यो हेर्नको लागि चासोको विषय हुनेछ ।

 




भर्खरै