२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस नेतृत्वको सरकारले ७० विगाहा गिरीबन्धु टि—स्टेटको जग्गा कमिसन खाएर बेच्योः ओली



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टि—स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाउनुभएको छ ।

सरकारमा रहँदा ओलीले टि—स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप काँग्रेसले लगाइरहेका बेला उहाँले सो आरोप लगाउनुभएको भएको हो । बुधवार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले काँग्रेस नेतृत्वको तत्कालिन सरकारले १९ विगाहा र ५१ विगाहा टि स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानविन गर्नुपर्ने माग समेत गर्नुभयो ।

उहाँले काँग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको पनि बताउनु भयो । ओलीले तत्काल संसद बैठक सुचारु गराउन पनि काँग्रेसलाई दबाब दिनुभयो । काँग्रेसले गरिमामय संसद र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद अवरुद्ध गर्न नहुने ओलीको जिकिर थियो ।

उहाँले भन्नुभयो, ‘म भन्न चाहन्छु–५१ विगाहा र १९ विगाहा गरेर ७० विगाहा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा । यसमा छानविन हुनुपर्छ । अब हामी नेपाली काँग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन । नेपाली काँग्रेसका गरेका बद्मासीहरुको बारेमा हामी कुरा उठाउँछांै । हामीले सुनिरहनुपर्ने, काँग्रेस कराईरहनुपर्ने हुन्छ ? पार्लियोमेण्ट भनेको त्यही हो ? हामी सुनिरहने, काँग्रेस कराईरहने ? यो चल्दैन ।

अब काँग्रेसका बकवास सुनिरहन हामी तयार छैनौं । चाहिने कुरा गरे हुन्छ नि त । एउटा प्रसंगमा कुरा चल्या छ । त्यो प्रसंगमा कुरा गरे हुन्छ । यतै टोक्या छ, उतै टोक्या छ, यता भुकेको छ, उता भुकेको छ । के तरिका हो यो ? र दुनियाँलाई थाहा छ । म धेरै भन्न चाहन्न ।

नेपाली काँग्रेसले गरिमामय संसदको यति बहुमूल्य समय, सांसदहरुको बहुमूल्य समय, यो देशको बहुमूल्य समय यस प्रकारले कुण्ठाग्रस्त भएर खेर फाल्न हुँदैन । संसद सुचारु गराउनु पर्छ । हामी सुचारु गर्ने पक्षमा छौं । कहीँकतै अभियोजन छ भने अभियोजन चलाउने ठाउँबाट चल्ला । अनि काँग्रेसले नै अभियोजन चलाई हाल्ने ? काँग्रेसले नै फैसला पनि ठोकि हाल्ने ? प्रमाणित भ्रष्टाचारी ल्याएर, काँग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाइ थाहा छ । त्यति भन्छु । ’

अध्यक्ष ओलीले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि काँग्रेसलाई चेतावनी दिनुभयो ।