२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तामा बस्नेहरुले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैन: प्रदीप पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरुले प्रश्न गर्न नमिल्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस प्रमुख प्रतिपक्ष रहेको र काँग्रेसको अहिलेको काम प्रश्न गर्ने भएको भन्दै सरकारमा बस्नेहरुले काँग्रेसमाथि प्रश्न गर्न नमिल्ने बताउनु भयो ।

उहाँले सत्तामा उत्तर दिनका लागि बस्नुपर्ने बताउनु भयो । उहाँले काँग्रेसले भइरहेका अनियमितताका बिरुद्धमा आवाज उठाइरहेको पनि बताउनु भयो । उहाँले अनियमितताबिरुद्ध आवाज उठाउँदा काँग्रेसमाथि प्रश्न गरिरहेको आरोप लगाउनु भयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अदालतले गरेको निर्णयका बिरुद्धमा आफू अदालत भन्दा पनि माथि रहेको झैँ आलोचना गरिरहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज कब्जा गर्ने होडबाजी भइरहेको छ । विपक्षमा बसेर काँग्रेसले प्रश्न गर्‍यो, सत्तामा बसेर सत्तारुढ दलहरुले काँग्रेसलाई प्रश्न गरिरहेका छन् । सत्तामा बस्ने त उत्तर दिनका लागि हो, कामबाट उत्तर दिने उद्देश्यका लागि सत्तामा बस्ने हो । तर सत्तामा बसेर विपक्षीमा भएको काँग्रेसलाई प्रश्न गरिरहेका छन् । काँग्रेसको काम प्रश्न गर्ने हो, हामीले प्रश्न गर्‍यौँ । सत्ताको काम उत्तर दिने हो उनीहरुको प्रश्न गर्ने होइन । उत्तर दिन सकेनन्, उनीहरुले जुन ढंगबाट अनियमितता गरेका छन्, जुन अनियमित ढंगबाट उत्तर दिन उनीहरुले सकेनन्, त्यसपछि बलजफ्ती गर्न खोजिरहेका छन् । अदालतले गरेको निर्णयमा धम्की दिन थालिएको छ । मेराबिरुद्ध अदालतले निर्णय गर्न पाउँछ, म अदालत भन्दा धेरै माथि हुँ । मलाई अदालतले प्रश्न गर्ने, को हो त्यो न्यायाधीश, कुन हो त्यो अदालत ? त्यस्तो ढंगबाट धम्की आइरहेको छ । यो स्वभाविक हुन सक्दैन, लोकतन्त्रमाथिको जोखिम हो । कुनै व्यक्तिको लहडको कारणले नेपालको लोकतन्त्र समाप्त हुनेबाटो तिर जान दिनु हुँदैन ।’

सांसद पौडेलले नेपाली काँग्रेसले बेथितिलाई अन्त्य गर्ने मुख्य विषय बनाएर जानुपर्ने बताउनु भयो ।




भर्खरै