२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरात र हैदराबादको खेल वर्षाका कारण रोकिएपछि हैदराबाद आईपीएलको प्लेअफमा



अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ मा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । हैदराबादमा बिहीबार साँझदेखि रातिसम्म पानी परेको थियो ।

यस्तो अवस्थामा अम्पायरहरूले दुवै कप्तानसँग छलफल गरेर खेल रद्द गर्ने निर्णय गरेका हुन् । दुवै टोलीलाई एक–एक अंक दिइएको छ ।

योसँगै हैदराबाद टोली चालू सिजनको प्लेअफमा पुगेको छ । हैदराबाद प्लेअफ पुग्ने तेस्रो टोली बनेको छ । अब टोलीले १९ मेको अन्तिम खेलमा पञ्जाबलाई हराएर १७ अंक मात्र पुर्‍याउन सक्छ ।

अर्कोतर्फ, गुजरातको लगातार दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । गुजरातले १४ खेलपछि १२ अंक मात्र जोड्न सकेको छ ।

पछिल्लो पटक टोली प्लेअफको दौडबाट बाहिरिएको थियो भने राजस्थानले प्लेअफको टिकट पाएको थियो ।