२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा



Mayor Balen Shah
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

कुटपिट र लुटपाटको आरोप लगाउँदै उहाँहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

प्राणमञ्च डटकमका प्रधानसम्पादक पदमप्रसाद पोखरेलले आफूमाथि कुटपिट र लुटपाट भएको भन्दै बालेन र पाण्डेसहित महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा कुटपिट र लुटपाटको मुद्दा दर्ता गराउनुभएको हो ।

काठमाडौं महानगरपालिकाले सुन्धारामा १६ फागुनमा फुटपाथ व्यवसायीमाथि गरेको धरपकडका क्रममा आफूमाथि कुटपिट भएको र क्यामेरालगायत सञ्चार उपकरण फुटाइदिएको भन्दै प्रधान सम्पादक पोखरेलले अदालतमा निवेदन दिनुभएको हो ।
पोखरेलले मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना माग गर्नुभएको छ ।

त्यस्तै लुटपाटतर्फ दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन पनि माग गरिएको छ ।