२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन ट्रोलको शिकार बनिरहेकी छन् ‘हिरामन्डी’की शर्मिन ?



अ+ अ-

एजेन्सी । बलिउडका दिग्गज निर्देशक सञ्जय लीला भन्सालीकी भाञ्जी शर्मिन सेगल उनको सिरिज ‘हिरामन्डी’ मा महत्वपूर्ण भूमिकामा देखिएकी छिन् । यस सिरिजमा शर्मिन सेगलका अलावा मनिषा कोइराला, सोनाक्षी सिन्हा र ऋचा चड्डा मुख्य भूमिकामा छन् ।

शोका बाँकी कलाकारले दर्शकको अथाह माया पाइरहेका छन् भने शर्मिन सेगल भने लगातार ट्रोलिङको सामना गरिरहेकी छिन् । अब उनको प्रतिरक्षामा शोकी कास्टिङ डाइरेक्टर श्रुति महाजन अगाडि आएकी छिन् ।

हिरामन्डीले दर्शकको अथाह माया पाइरहेको छ भने केही यस्ता पनि दर्शक छन् जसले सञ्जय लीला भन्सालीको यो सिरिजलाई पटक्कै मन पराएका छैनन् । सिरिजमा आलमजेबको भूमिकामा देखिएकी शर्मिन सेगल लगातार ट्रोल भइरहेकी छन् ।

यसैबीच उनको प्रतिरक्षामा शोका कास्टिङ डाइरेक्टर श्रुतिले भनिन्, ‘शर्मिन सेगलको अभिनयलाई धेरैले रुचाएका छन् । उनीहरुलाई शर्मिनको स्वर पनि मन परेको छ ।’

श्रुतिले आफ्नो कुरा जारी राख्दै भनिन्, ‘केहीले भनेका छन् कि उनी गणिकाको दुनियाँको हिस्सा होइनन्, त्यसमा के हानि छ । ‘आलमजेब’ आफूलाई वेश्या मान्दैनन् । त्यसैले उनको बोलीको लय पनि अन्य पात्रभन्दा फरक छ ।’

श्रुतिले यसअघि पनि सञ्जय लीला भन्सालीसँग काम गरिसकेकी छिन् । श्रुति भन्छिन्, ‘जसरी अरु कलाकारले अडिसन दिएका थिए त्यसरी नै शर्मिनले पनि अडिसन दिएकी हुन् । उनी सञ्जय लीला भन्सालीकी भान्जी हुन्, त्यसैले उनलाई त्यो भूमिका दिइएन ।’

शर्मिन ‘हिरामन्डी’ मा मनिषा कोइरालाकी छोरीको भूमिकामा देखिएकी छन् । सिरिजका अन्य कलाकारहरु पनि शर्मिनकोको पक्षमा बयान दिने गरेको देखिन्छ । अदिति राव हैदरीले हालै शर्मिनलाई यसरी ट्रोल भएको देखेर आफूलाई नराम्रो लागेको बताएकी छन् ।