२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ



अ+ अ-

विराटनगर । कोशी प्रदेशका नवनियुक्त सात मन्त्रीहरुले शपथ लिएका छन् । शुक्रबार नवनियुक्त सात मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की र खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयमा एकराज कार्कीले शपथ लिएका छन् ।

यस्तै, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर र दुई राज्यमन्त्रीहरु सिर्जना राई र बन्दना झाँगडले पनि पद तथा गोपनीयतको सपथ लिएका हुन् ।

मन्त्रीमण्डल विस्तारसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार १० सदस्यीय पुगेको छ ।