२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ



अ+ अ-

काठमाडौँ: ख्वप तिलगङ्गा आँखा अस्पतालले नयाँ भवनबाट आँखा सम्बन्धि विशिष्ट सेवा उपलब्ध गराउने भएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठान, ख्वप तिलगङ्गा आँखा अस्पतालले आजबाट आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, प्रतिष्ठानका बोर्ड सदस्य तथा कार्यकारी निर्देशक डा सन्दुक रुइत, प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङका साथमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नयाँ भवनको शुभारम्भ गर्नुभएको हो ।

करिब एक दशकदेखि नै भक्तपुर नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा रहँदै आएको केन्द्र अहिले नयाँ भवनसँगै थप सुविधा सम्पन्न र अस्पतालको रुपमा स्तरोन्नति भएको छ । सो अवसरमा तिलगंगा आँखा अस्पताल काठमाडाैँका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले ऐतिहासिक एवम् सांस्कृतिक नगरका जनताहरुको सेवा गर्न पाउँदा गौरवको अनुभूति भएको बताउँदै आर्थिक र सामाजिक कारणले कुनै पनि बिरामीले आँखा उपचारको सेवाबाट बञ्चित हुन नदिन यस अस्पतालले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रवाहमा जोड दिइने बताउनुभयो ।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले ख्वप अस्पतालबाट प्रवाहित हुने सेवा सुविधाहरुलाई अझ व्यवस्थित गर्दै लाने योजना रहेको बताउँदै अस्पतालले जनमुखी कार्य गरी ३६५ दिन नै जनताको सेवामा समर्पित भावले काम गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप तिलगंगा आँखा अस्पतालका प्रमुख डा. सुदिप राजभण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने ख्वप तिलगंगा आँखा अस्पतालका इन्चार्ज डा. धिरज अधिकारीले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गर्नुभएको थियो भने भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।




भर्खरै