२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीले लगाएका आरोप प्रमाणित गरेर देखाउन कांग्रेसको चुनौती



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेतालाई लक्षित गरी लगाइएका आरोप प्रमाणित गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएको छ ।

संसदीय दलको बैठक पछि बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आईतबार सदनमा गृहमन्त्री लामिछानेले असभ्य, असत्य, भ्रामक, कपोकल्पित र हिंस्रक ढंगले प्रस्तुत भएको टिप्पणी गरे ।

उनले आफूमाथि लागेको अभियोगबाट भाग्ने प्रयास गरेर अरुलाई झुटा आरोप लगाएको बताए । उनले भने, ‘सदनमा कांग्रेस र नेता लक्षित आरोप लगाइएका छन् । अनुसन्धान, छानबिन गरेर प्रमाणित गर्न त्यसका लागि खुल्ला छौं । उपप्रधान तथा गृहजस्तो जिम्मेवार ठाउँमा बसेकाले अरुलाई प्रश्न सोध्ने होइन आफूमाथि उठेका प्रश्नको जवफ दिनुपर्छ ।’

गृहमन्त्रीले बोलेको कुरालाई लिएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताउदै उनले भने, ‘उहाँको अभिव्यक्तिको कांग्रेसले धोर निन्दा र भर्त्सना गरेको छ । यसका बारेमा प्रधानमन्त्रीको पनि गम्भीर ध्यानाकर्षण गराएका छौँ’।