२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ को स्थलगत अवलोकनका लागि आउनुभएकी नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कलाई काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थलगत जानकारी गराउनुभएको छ ।

आज भएको अवलोकन भ्रमणका क्रममा राजदूत भोल्कले, तालिमको पाठ्यवस्तु, सिकाइ प्रक्रिया, श्रम बजारसँगको सम्बन्ध, साझेदारी र यसपछि सञ्चालन हुने क्रियाकलापका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

राजदूतका जिज्ञासाको जवाफमा उपप्रमुख डंगोलले, ‘सिप मेला’ सबैलाई समान अवसर प्रदान गर्ने व्यवसायिक पेशाको क्षमता विकास कार्यक्रम भएको बताउनुभयो । ‘तालिम लिएकाहरुलाई रोजगार, स्वरोजगार र अन द जब टे«निङ्मा आवद्ध गराउन तालिमका अन्तिम २ दिन रोजगार मेलाको आयोजना गर्नेछौँ ।’ उहाँले भन्नुभयो, ‘तालिममा प्रयोगात्मक कक्षा सञ्चालन हुनु महत्वपूर्ण पक्ष हो । प्रयोगात्मक कक्षाबाट विद्यार्थीहरुले अहिले नै देखिने सिप विकास प्रदर्शन गरिसक्नुभएको छ । फलामको घर निर्माण भएको छ । इटाको गारो लगाएर भवनको जग निर्माण भएको छ । टाइल र मार्वल राखेका संरचना निर्माण भएका छन् ।’

अवलोकनका क्रममा राजदूत भोल्कले, मेलाबाट आफू प्रोत्साहित भएको प्रतिक्रिया दिनुभयो । ‘स्वदेशमा अवसर छन् । म यहीँ केही गर्न सक्छु । यसका लागि मेरो क्षमता छ भन्ने सन्देश, मेलाको महत्वपूर्ण पक्ष हो भन्ने मैले ठानेकी छु ।’ उहाँले यस्ता तालिमका लागि संघीय सरकारले नीति बनाएर प्रदेश सरकार, स्थानीय सरकार र साझेदार बिच सहकार्य हुने वातावरण तयार गर्न सके प्रभावकारी नतिजा आउने उहाँको भनाइ थियो ।

त्यस क्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रदीप परियारले भन्नुभयो, ‘बेरोजगारलाई श्रम बजार र रोजगारीसँग जोड्नु नै मेला सञ्चालनको उद्देश्य हो । तालिम लिनका लािग स्थानीयबासी, फोहोर प्रभावित क्षेत्रका व्यक्ति र महिलाहरुलाई प्रोत्साहित गरेका छौँ ।’

अवलोकन भ्रमणका क्रममा अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, मेला व्यवस्थापन निर्देशक समितिका सदस्य सुदीप ढकालले सोधिएका र आफूसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिनुभएको थियो ।