२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्ष नेताहरुसँग परामर्शपछि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित संयन्त्रको बैठक बस्दै



अ+ अ-

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गरिने संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ ।

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्न लागेको हो । समितिको कार्यादेश तय सत्तापक्ष र विपक्षीले कानुनमन्त्री पदम गिरीको संयोजकत्वको कार्यदल गठन गरेका थिए ।

यसअघि हिजोकाे बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति जुट्न सकेको थिएन । शीर्ष नेताहरूको परामर्शपछि आज बस्ने सहमति भने भएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेको छ ।