२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुटुमा समस्या देखिएपछि कान्तिपुरका अध्यक्ष सिरोहिया अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । पाँच दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि सिरोहियालाई अस्पताल भर्ना गरिएको हो ।

गत मंगलबार काठमाडौंमा पक्राउ गरी जनकपुर पुर्‍याइएका सिरोहिया दुई दिनदेखि अस्वस्थ थिए । शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि अस्पताल भर्ना गरिएको हो ।

पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचापलगायतका समस्या भोगिरहेका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।

तर प्रादेशिक अस्पतालमा न्यूरोलोजीलगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ । सिरोहियाको पछिल्लो अवस्था चिन्ताजनक पाएकाले परीक्षणहरु सुरु गरेको, तर रिपोर्ट प्राप्त गरिनसकेको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुले सिरोहियाको पछिल्लो अवस्थाबारे कार्डियोलोजिस्ट डा. ओममूर्ति अनिललाई टेलिफोनमार्फत् ब्रिफिङ गराएका छन् । अनिलले सिरोहियाको स्वास्थ्य समस्यालाई हेर्दै आएका छन् ।

कान्तिपुरले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै शृंखलाबद्ध रिपोर्ट प्रकाशित गर्दै आएकाले प्रतिशोधपूर्वक आफूलाई गिरफ्तार गरिएको सिरोहियाले बताउँदै आएका छन् ।